एमसीसी पारित गरेर माओवादीले आफ्नाे अन्तिम ‘प्राणतत्व’ पनि सकायाे : आहुति

काठमाडाैँ । वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुतिले दलहरूले एमसीसीमा ‘व्याख्यात्मक घाेषणा’ गरेर चटक देखाएकाे बताएका छन् । शुक्रबार खुलामञ्चमा आयाेजित संयुक्त विराेध सभालाई सम्बाेधन गर्दै आहुतिले यस्ताे बताएका हुन् । ‘माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक घाेषणा गरेर चटक देखाइदियाे । याे नेपालकाे विपक्षमा छ, नेपालकाे हितमा छैन । राष्ट्रघाती एमसीसी नेपालकाे हितमा छँदै छैन ।’

आहुतिले माओवादीले संसद्‌बाट एमसीसी पारित गराएर राष्ट्रघात गरेकाे आहुतिकाे आराेप छ । ‘अहिले आएर माओवादीले राष्ट्रघात गर्‍याे । माओवादीसँग त्यही एउटै एजेन्डा थियाे । प्राणतत्वकाे रूपमा माओवादीसँग राष्ट्रिय स्वाधीनता एजेन्डा थियाे । अब त्याे पनि सकियाे । एमसीसी पारित भएसँगै माओवादी त्याे आफ्नाे एजेन्डाबाट सकियाे । म नारायणकाजीहरूलाई भन्न चाहन्छु— यसलाई मनन गर्नूस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =