माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएकाे छ । बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी राष्ट्रियसभा गृहमा शुरू भएको हाे ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदनमा पार्टीले लिएको निर्णय र पदाधिकारी चयन लगायतबारे छलफल हुने केन्द्रले जनाएकाे छ ।

माओवादीले महाधिवेशन सम्पन्न गरेको लामो समय बितिसक्दापनि पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *