माओवादी केन्द्रीय समिति दुई घण्टा पछि सर्यो
२०७८ फागुन २० गते

फाइल फाेटाे
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दुई घण्टा पछि सरेको छ । बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बस्नेगरी सारिएको हो ।
संसदीय दलका नेता देव गुरुङकाअनुसार नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको हो । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट भएको छ ।
नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र असन्तुष्ट रहेकाले छुट्टै छलफल रहेको बुझिएको छ । केन्द्रीय समितिमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी छ ।
२०७८ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








