एमसीसीविरुद्धको जनसभामा झलनाथ खनाल नजाने

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीविरुद्ध आयोजित जनसभामा नजाने भएका छन् । खनाल कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रम नरहेको उनको सचिवालयले जनाएको छ ।

यसअघि उनीले पनि जनसभालाई सम्बोधन गर्ने भनी गरिएको प्रचारप्रति आपत्ति जनाउँदै सचिवालयले यस्तो बताएको हो । ‘सम्मानित नेता एमसीसीको विषयमा आफ्नो प्रस्ट धारणा राख्दै आउनुभएको छ,’ सचिवालयले भनेको छ, ‘नेता खनालले त्यस्तो कुनै सार्वजनिक कार्यक्रममा सहभागी हुने र सम्बोधन गर्ने कार्यक्रम नरहेको सबैमा जानकारी गराइन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =