पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्याे
२०७८ फागुन १९ गते

काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएकाे छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हाे ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।
यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढेकाे छ भने अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

२०७८ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








