नेपालको राष्ट्रिय क्रिकेट टिम घोषणा, को को परे ?

काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग–टू खेल्ने राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा बन्द प्रशिक्षणमा रहेका २० खेलाडीमध्ये १६ खेलाडी रहेको राष्ट्रिय टिम घोषणा गरेको हो ।

लिग–टू खेल्न यूएई जानुअघि श्रीलंकामा श्रीलङ्काको लिस्ट ए स्तरीय टिमसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

टिममा सोमपाल कामी, करण केसी, रोहित पौडेल र पवन सर्राफले केही समय पछि स्थान बनाएका छन् ।

राष्ट्रिय टिममा परेका खेलाडीहरू-

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल,दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, बिवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम सार्की ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *