सबै देशभक्त एक हुने मोर्चा बनाउँछाैँ : भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र मोर्चा बनाउने विषय सकारात्मक रहेको बताए ।

बिहीबार काठमाडौँमा नेकपा एमाले अछाम काठमाडौँ सम्पर्क मञ्चको ११ औँ सम्मेलन उद्घाटन गर्दै राववले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग भेटवार्ता भएको र सबै देशभक्त एक हुने र मोर्चा बनाउने उनीहरूको प्रस्ताव सकारात्मक रहेको बताएका हुन् ।

देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने उनले बताए । त्यस्तै, उनले राष्ट्रघाती एमसीसी पारित गर्ने दलहरूका नेतालाई जनताले आगामी चुनावमा ठोक्नुपर्ने समेत बताए ।

उनले एमसीसी पारित भएसँगै नेपालको आत्मनिर्णयको अधिकारमाथि गम्भीर धक्का लागेको धारणा राखे । रावलले मुलुकको हितमा बोल्दा कसैले हिरो भन्नु स्वाभाविक रहेको उल्लेख गरे । राष्ट्रघाती विषयमा मात्र आफूले बोलेको भन्दै उनले पार्टीको हित विपरीत कहीँकतै नबाेलेको तर्क गरे ।

त्यस्तै, रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्न सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *