थप १०५ जना काेराेना संक्रमित, ३ काे मृत्यु
२०७८ फागुन १९ गते

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, साेही समयमा थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालभर हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
२०७८ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित








