संसद अवराेध खुलाउन एमालेसँग छलफल गर्ने सत्तारूढ दलकाे निर्णय

काठमाडाैँ । सत्तारूढ गठबन्धनले संसदको अवरोध खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तागठबन्धन आवद्ध चार दलको बैठकले संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएकाले एमालेसँग छलफल गर्ने निर्णय गरेको सञ्चार मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद समेत दिएकाे कार्कीले बताए । बैठकमा सरकारका नियमित कामकारबाही, स्थानीय निर्वाचनको तयारी र संसदका नियमित कामबारे छलफल भएको उनले जानकारी दिए ।

मुलुकमा राजनीतिक स्थायित्व दिनका लागि गठबन्धनको आवश्यकता रहेको उनको भनाइ छ ।

बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारूढ दलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *