त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी

काठमाडौँ । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेको छ ।समान कामको समान पारिश्रमिकको माग गर्दै आएका आंशिक प्राध्यापका तर्फबाट मंगलबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश क्याम्पसमा समान तालाबन्दी गरेको संघका केन्द्रीय अध्यक्ष गोकुल लिम्बुले मकालुखबरलाई जानकारी दिए ।

उनले भने, ‘सरकारी क्याम्पसमा आंशिक प्राध्यापकहरूको बर्षौदेखि चरम श्रम शोषण भइरहेको छ । हामीले समान कामको समान पारिश्रमिक मागेर विभिन्न चरणको आन्दोलन गरे पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएका छौैँ । हाम्रा माग त्रिविले उचित सम्बोधन गर्नुपर्छ ।’

समितिले त्रिविका सेवा आयोग, उपकुलपति कार्यालय, रेक्टर कार्यालय, रजिस्ट्रार कार्यालय लगायत सरोकारवाला निकायमा पनि तालाबन्दी गरिसकेको अध्यक्ष लिम्बूले जानकारी दिए । देशभरका विभिन्न क्याम्पसमा झण्डै २ हजार २ सय आंशिक प्राध्यापक कार्यरत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =