कर्णाली बनाउन नभई आफू बन्नेहरू सरकारमा सामेल भए : यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली सरकारमा कर्णाली बनाउनु भन्दा आफू बन्नेहरू सरकारमा सामेल भएको बताएका छन् ।

बुधबार बसेको कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको ११औँ बैठकमा बोल्दै नेता कँडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता कँडेलले भने, ‘कर्णाली सरमकार यस्तो बन्यो कि कर्णाली बनाउनका लागि हैन आफूलाई बनाउनेका लागि विचारका मान्छेलाई मुख्यमन्त्रीले साथमा लियर अगाडि बढ्नुभएको छ ।’ कँडेलले थपे ‘प्रतिपक्षलाई उछिन्निएर अत्यादेशबाट बजेट ल्यायो, उक्त बजेट कर्णाली विकासका लागि नभई कर्णाालीको बदनाम गर्ने तरिकाले बजेट ल्याएपछि ध्यान आर्कषण समेत गराएका थियौँ ।’

साथै, कँडेलले कर्णाली सरकार विभिन्न घट्नासँगै जोड्दै आफ्नो बदनाम गर्दै अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *