इन्टर्नसिपको माग गर्दै एमबिबिएस विद्यार्थीको माइतीघरमा धर्ना

काठमाडौं । कोभिड-१९ महामारीका कारण चीनबाट फर्केका २०१५/२०१६ ब्याचका एमबिबिएस अध्ययनरत गर्ने विद्यार्थीहरू इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनस्वरुप उनीहरूले बुधबार माइतीघर मण्डलामा भोक हडताल र शान्तिपूर्ण धर्ना दिएका छन् । सोमबार र मंगलबार विद्यार्थीहरूले नेपाल मेडिकल काउन्सिलको प्राङ्गणमा भोक हडताल र शान्तिपूर्ण धर्ना दिएका थिए ।

गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।

तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि चिकित्सा शिक्षा आयोगको लापरबाही र ढिलासुस्तीले गर्दा उक्त निर्णय कार्यान्वयन गर्न नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले इन्टर्नसिपको व्यवस्था कार्यान्वयनमा नआउँदा सम्म आफूहरूको आन्दोलन जारी रहने जनाएका छन् ।

२०१५/२०१६ ब्याचका विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशा निर्देशनअनुसार ढिलासुस्ती नगरी उचित समय अवधि (बढीमा १८ महिना) हुने गरी व्यवस्थापन कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =