व्याख्यात्मक टिप्पणी नेताहरूका लागि ‘न्यानो थाङ्नो’ हो : खनाल (भिडिओसहित)

विराटनगर । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदबाट एमसीसी पास हुनुलाई नेपालको इतिहासमा दुखद र लज्जाको विषय भएको बताएका छन् । कसैसँग छलफल नै नगरी एमसीसी पास गरिएको बताए । सत्ता जोगाउने र सत्तामा टिक्नका लागि हतारमा यस्तो निर्णय भएको आरोप लगाए ।

बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वातावरण नै नबनाई, संसदहरूले छलफल नै गर्न नपाई २७५ जना सांसदलाई हेरेको हेरेकै बनाएर पास गर्नु लज्जाको विषय भएको उल्लेख गरे ।

‘एमसीसी जबरजस्तमाथिबाट प्रक्रिया नै नमिलाई प्रस्तुत गरियो’, उनले भने, ‘नेपाली समाज विभाजित भएको छ । दलहरू विभाजित भएका छन् । संसद विभाजित भएको छन् । तपाईं हेर्नुस् यसले बिस्तारै परिणाम दिँदै जान्छ ।’ विभाजन ल्याउने खालको परिणम ल्याउने बताए ।

एमसीसीलाई आफूले मान्न नसकिने बताए । उनले एउटा शब्द पनि नसच्चिएको बताए । कसैले विराेध कसैले समर्थन गरेका भएपनि आफ्नो पार्टी भित्रपनि केहीले समर्थन गरेपनि विराेध धेरै भएको उल्लेख गरे व्याख्यात्मक टिप्पणी दलका नेताहरूले आनन्द लिने न्यानो थाङ्नो भएको बताएका छन् । ‘व्याख्यात्मक टिप्पणी नेपालका नेताहरूको लागि न्यानो थाङ्नो हो’, उनले भने, ‘एमसीसीको सम्झौताको कुनै पनि अक्षर संशोधन भएको छैन, चित बुझाउने कुरा मात्र हो ।’

संसद भित्र विधि र प्रक्रियाबाट एमसीसी नआएको बताए । अधिवेशन भरी नै छलफल भएन भने अर्को अधिवेशनमा फेरी प्रस्तुत गर्ने गरिएकोमा त्यो नभएको उनको भनाई छ । ‘पहिलादेखि नै संसदमा पेश भएका जुनसुकै बिधेयक तथा कानुनहरू एक सदन अन्त्य भएपछि अर्को सदनमा फेरी प्रस्तुत हुनुपर्ने थियो, कुनबेला ओलीले पेश गरेको भनियो’, उनले भने, ‘कथित टिपपणी र सम्झौतालाई फरक फरक रूपमा प्रस्तुत गर्नु पर्नेमा पनि त्यो नभई एक्ककै चोटी ल्याएर हतारमा पास गरियो यो संसदीय मूल्य मान्यता भित्र परेन ।’ थाहापत्तै नभई झ्यामझ्याम आयो, त्यसै गरि पास भएकोले नीति विधि र विधान विपरीत एमसीसी पास हुनुले यो कार्यान्वायनमा भयानक चुनौती रहेको उनले औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *