एमालेमाथि घेराबन्दी गर्नेविरुद्ध प्रतिवादमा उत्रिने युवा संघको चेतावनी

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले पार्टी कार्यालयमा आक्रमण गर्ने विरुद्ध कारबाहीको माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको कार्यालयमा आक्रमण गर्ने विरुद्ध कडाभन्दा कडा कारबाही गर्न युवा संघले माग गरेको हो ।

संघका संयोजक किरण पौडेलले विज्ञप्ति जारी गर्दै सोमबार भएको आक्रमणलाई आपराधिक तथा अराजकताको पराकाष्ठाका रूपमा प्रस्तुत गरिएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी लगायत ६ दलहरूले गरेको कथित नेपाल बन्दका क्रममा एमाले सुर्खेत जिल्ला कमिटीको कार्यालयलाई लक्षित गरी आक्रमण मर्ने दुष्प्रयासको घटनाप्रति राष्ट्रिय युवा संघ नेपालको गम्मिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजको प्रगतिशील रूपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार तयार गरिरहेको, शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको तथा हाल प्रतिपक्षमा रहेको देशभक्त, जनवादी र क्रान्तिकारी पार्टी नेकपा एमालेको सुर्खेत जिल्ला कार्यालयमा आक्रमण गर्नु मलेको आपराधिक एवं अराजकताको पराकाष्ठा हो ।’

युवा संघ नेपाल यस अराजक तथा आपराधिक घटनाप्रति घोर विरोध र भर्त्सना गर्दै यस्ता खाले गतिविधि गर्नेलाई पहिचान गरी कडाभन्दा कहाँ कारबाही गर्न मागसमेत गरेको छ । नेकपा एमालेविरुद्ध भइरहेको चौतर्फी प्रतिक्रियावादी घेराबन्दी र पार्टी कार्यालयको आक्रमणप्रति सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई विज्ञप्तिमार्फत निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *