रसिया र युक्रेनबीचको युद्ध : नेपालको मुद्रास्फीति दोहोरो अंकमा पुग्ने आँकलन

काठमाडौँँ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आगोमा घिउ थप्ने काम गर्ने अनुमान गरिएको हो।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा तल मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ७.११ प्रतिशत तथा पुसमा ५.६५ प्रतिशत मुद्रास्फीति रहेको थियो । तर, जलवायु परिवर्तन, भू-राजनीति, आर्थिक गतिविधिमा भएको विस्तार आदिका कारण मूल्यमा निकै चाप पर्ने देखिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए। उनका अनुसार मूल्यवृद्धि दोहोरो अंकको आसपासमा पुग्ने देखिएको छ।

‘कृषि उपजमा जलवायु परिवर्तनको प्रभाव पर्दा उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरूमा त्यसको असर परिरहेको छ। तेल, दलहन तथा गहुँको उत्पादन र आपूर्तिलाई पनि जलवायु परिवर्तनको असरले असहज बनाएको देखिन्छ,’ उनले भने । कारोबार दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =