वीरेन्द्रनगरका तीन स्थानमा निषेधाज्ञा लागू गर्दै कर्फ्यू हटाइने

सुर्खेत । सोमवार साँझ ८ः१५ बजेदेखि आज (मंगलवार) साँझ ७ बजेसम्म जारी कर्फ्यू हटाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जारी कर्फ्यू साँझ ७ बजेबाट हटाउने भएको हो ।

यस्तै, वीरेन्द्रनगरका मुख्य तीन स्थानमा भने कर्फ्यू हटेपनि निषेधाज्ञा जारी राख्ने प्रशासनले जनाएको छ ।

सोमबार बन्दकर्ताले सबै भन्दा बढी उग्ररूप देखाएका मगलगढी र यरीचोक सँगै विभिन्न राजनीति दलका पार्टी कार्यालय रहेको हटियालाईनमा निषेधाज्ञा गर्ने प्रशासनले जनाएको छ ।

प्रजिअ खगेन्द्रप्रसाद रिजालले दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिँदा सोमबार राति सवा ८ बजेबाट जारी कर्फ्यू ७ बजेबाट हटाइने जानकारी दिए । ‘कर्फ्यू अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखि नै कर्फ्यू हटाउँदैछौँ,’ रिजालले भने, ‘सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौँ ।’

प्रशासनले निषेधाज्ञा तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट अर्को आदेश नहुञ्जेसम्मका लागि जारी रहने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *