नारायणकाजी सम्झाउन हात्तीवनमा प्रचण्ड
२०७८ फागुन १७ गते

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई सम्झाउन उनकै निवास हात्तीवन पुगेका छन् । एमसीसी संसद्बाट पारित गर्ने पार्टीकाे निर्णयलाई नेता श्रेष्ठले स्वीकारेका छैनन् । यही कारण उनीहरूबीच दूरी बढ्दै गर्दा प्रचण्ड नेता श्रेष्ठलाई सम्झाउन हात्तीवन पुगेका हुन् ।
प्रचण्ड सचिवालयकाअनुसार प्रचण्ड साढे ४ बजेपछि हात्तीवन प्रस्थान गरेका हुन् । माओवादी केन्द्र अन्तिम समयमा आएर १२ बुँदे व्याख्यात्मक घाेषणासहित एमसीसी संसद्बाट पारित गराउन राजी भएकाे थियाे । तर नेता श्रेष्ठले भने उक्त घाेषणा स्वीकारिसकेका छैनन् ।
यसअघि साेमबार खुमलटारमा आयाेजित पत्रकार सम्मेलनमा प्रचण्डले ‘नारायणकाजी पनि वामदेव गाैतमकाे बाटाे हिँडे राेक्न सक्दिनँ’ भनेर भनेका थिए । यसपछि नेता श्रेष्ठ थप चिढिएका छन् ।
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








