कर्फ्यूपछि वीरेन्द्रनगरकाे अवस्था के छ ? (तस्वीरसहित)

सुर्खेत । एमसीसीको विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले उग्ररूप लिएपछि प्रशासनले जारी गरेको कर्फ्यूपछि वीरेन्द्रनगर बजार मंगलबार दिउँसोभर सुनसान भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबार एमसीसी विरुद्ध आन्दोलनमा उत्रिएका बन्दाकर्ता सुर्खेतस्थित नेकपा एमाले र काँग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गर्दै आगजनी गरेपछि पर्दशन नियन्त्रण बाहिर गएपछि २४ घण्टाकालागि कर्फ्यू आदेश जारी रहेको छ ।

प्रशासनले उक्त कर्फ्यू सोमबार साँझ ८ः१५ बजेदेखि मंगलबार साझ ७ बजेसम्मका लागि जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्ती मगरले हिजो र आज गरि वीरेन्द्रनगरका विभिन्न स्थानबाट करिब २० जना बन्दकर्ता पक्राउ परेको र आधा दर्जनबढी सुरक्षाकर्मी समेत घाइते भएको बताए ।

डिएसपी घर्तीले भने, ‘आज (मंगलवार) दिउँसो बेला-बेला बन्दकर्ताले ठाउँ-ठाउँबाट झुक्काउने गरेपनि त्यस्तो कुनै घटना भएको छैन् । नेपाल प्रहरी र ससत्र प्रहरी वल गरि करिब ४ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

सोमबार विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारणवीरेन्द्रनगरमा तनावग्रस्त बनेपछि आन्दोलन नियन्त्रण बाहिर गएको थियो ।

तस्वीरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *