उडिरहेको हेलिकोप्टरमै जन्मियो बच्चा

सुर्खेत । सुत्केरी हुन नसकेपछि नेपाली सेनाले उद्वार गरेर मुगु जिल्लाबाट प्रदेश अस्पताल ल्याउँदै गर्दा हेलिकोप्टरमै बच्चा जन्मिएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवारेका अनुसार मुगुकी एक सुत्केरी महिलाको मंगलवार उद्धार गरिएको हो ।

उक्त वेशको कमाण्ड गर्दै आएका पाइलट प्रमुख सेनानी रचन श्रेष्ठले मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावललाई सुत्केरी व्यथाले च्यापेको १८ घण्टाभन्दा बढी उद्धार गरिएको जानकारी दिए ।

नेपाली सेनाका अनुसार मुगुबाट सुत्केरी रावलको मुगुबाट उद्वार गरेर फर्किने क्रममा दैलेख जिल्लाको आकाशमा आइरहेको बेला बच्चा जन्मिएको जनाएको छ ।

नेपाली सेनाले आमा र शिशु दुवैलाई बोकेर ल्याएको हेलिकोप्टर प्रदेश अस्पताल कालागाउँमा ल्याण्ड गरेको थियो ।

यता, कर्णाली प्रदेश अस्पतालका अनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने अस्पतालले शुरूमा आकस्मिक कक्षमा भर्ना गरिएपनि अहिले बच्चा र आमाको अवस्था धेरै राम्रोहुँदा वार्डमा सारिएको बताएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जाेखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गर्दै आएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *