ओलीप्रति नेपालकाे कटाक्ष- ‘एमालेकाे वक्तव्य बिग्रिएकाे दिमागकाे उपज हाे’
२०७८ फागुन १७ गते

काठमाडाैँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्ष दल एमालेकाे वक्तव्य ‘बिग्रिएकाे दिमागकाे उपज’काे रूपमा आएकाे बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालले यस्ताे बताएका हुन् । ‘दिमाग बिग्रिएपछि के गर्ने । एमालेकाे वक्तव्य बिग्रिएकाे दिमागकाे उपजकाे रूपमा आएकाे छ । यस्ताे वक्तव्यकाे म भर्त्सना गर्दछु ।’
ओलीले आफ्नाे वक्तव्यमार्फत प्रयाेग नगर्नुपर्ने शब्दहरूकाे प्रयाेग गरेकाे भन्दै नेपालले यस्ताे बताएका हुन् । ‘ओलीले वक्तव्यमा छेपाराेपनलगायतका शब्दहरू प्रयाेग गरेका छन् । दिमाग बिग्रिएपछि के गर्ने,’ नेपालले भनेका छन् ।
यस्तै उनले एकीकृत समाजवादीको संसद्को उपस्थिति देखेर एमाले तर्सिएको बताएका छन् ।
२०७८ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








