सभामुखविरुद्ध महाभियाेग आउँदैन भन्ने छैन : ओली
२०७८ फागुन १७ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखविरुद्ध महाभियाेग ल्याउने संकेत गरेका छन् । मंगलबार पत्रकार सम्मेलनमा ओलीले भनेका छन्, ‘एमालेले सभामुखविरुद्ध महाभियाेग ल्याउँदैन भन्ने छैन । फेरि ल्याउँछ नै भन्ने पनि छैन । उहाँले आफैँ राजीनामा दिनुहुन्छ भने किन ल्याउनुपर्याे ?’
सभामुखले संसद्मा एमालेविरुद्ध भेदभाव गरेकाे उल्लेख गर्दै ओलीले थपेका छन्— ‘हामीले उठाउँदै आएकाे मुद्दाबारे उहाँले केही गर्नुभएन । उहाँकाे ध्यानाकर्षण भएन, यसमा एमालेकाे आपत्ति छ । एमालेलाई उहाँकाे शैली मन गरेकाे छैन ।’
२०७८ फागुन १७ गते
प्रतिक्रिया
One thought on “सभामुखविरुद्ध महाभियाेग आउँदैन भन्ने छैन : ओली”
Leave a Reply Cancel reply
सम्बन्धित









tyo bahek aru k upaye xara