‘व्याख्यात्मक घाेषणा’ नेपाली जनतालाई झुक्याउने टालाेबाहेक माथि केही हाेइन : ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाले व्याख्यात्मक घाेषणा नमान्ने बताएका छन् । यसलाई अमेरिकाले अस्वीकार गरिसकेकाे उल्लेख गर्दै ओलीले भने, ‘याे नेपाली जनतालाई झुक्याउने टालाेबाहेक माथि केही पनि हाेइन, यता त्याे पातलाे टालाे बन्दै थियाे अमेरिकाले त्यतिबेलै अस्वीकार गरिसकेकाे छ ।’

फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घाेषणासहित अमेरिकी सहायता परियाेजना एमसीसी नेपालकाे संसद्‌बाट पारित भएकाे छ । यसमा एमसीसी बाेर्डले आधिकारिक रूपमा बाेलिसकेकाे छैन । नेपालस्थित अमेरिकी राजदूतावासले भने एमसीसी पारित भएकाेप्रति खुसी व्यक्त गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =