गभर्नर अधिकारीद्वारा ‘सार्क फाइनान्स ई–न्युजलेटर’ को विमोचन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘सार्क फाइनान्स ई–न्युजलेटर’ प्रकाशन गरेको छ । आज आयोजित एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यसको विमोचन गरे । सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले उक्त ई(न्युजलेटर प्रकाशन गरेको हो ।

उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधनसँगै ४१ औं र ४२ औँ ‘सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ’ ले अगाडि सारेका नीतिगत प्रयास र त्यसको कार्यान्वयन अवस्थालाई उल्लेख गरिएको छ ।

यसैगरी, ई(न्युजलेटर मा सार्क फाइनान्सको साङ्गठनिक कार्यदिशा तथा सार्क फाइनान्स तथ्याङ्कीय पद्धति, प्राविधिक सहायता, तालिम कार्यक्रम, वित्तीय समावेशीकरण, अध्ययनरअनुसन्धान लगायतका पारस्परिक सहायताका क्षेत्र र सार्क पेमेन्ट काउन्सिलको प्रगति प्रतिवेदनलाई समेटिएको छ ।

साथै, सार्क क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत प्रयास, सार्क सदस्य राष्ट्रका समष्टिगत आर्थिक निगरानी सूचक र आँकडासँगै समसामयिक आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आलेखलाई समेत ई न्युजलेटर मा समेटिएको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले विमोचित ई(न्युजलेटर ले सार्क राष्ट्रका आर्थिक तथा वित्तीय क्षेत्रको अवस्था, नीतिगत अभ्यास र पारस्परिक साझा विषयलाई समेटेको उल्लेख गर्दै यो प्रकाशन सार्क क्षेत्रको निम्ति उपयोगी सन्दर्भ सामग्री रहने चर्चा गरे ।

०७८ कात्तिक २९ ९सन् २०२१ नोभेम्बर १५० मा सम्पन्न ४२ औं सार्क फाइनान्स गभर्मेन्ट ग्रुप मिटिङले २०२२ अक्टोबरसम्मको निम्ति नेपाल राष्ट्र बैंकलाई ‘सार्क फाइनान्स’ को अध्यक्ष चयन गरेको थियो ।

‘सार्क फाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरूको सञ्जाल हो । सार्क राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा ‘सार्क फाइनान्स’को स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले ‘सार्क फाइनान्स’ लाई औपचारिक मान्यता दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *