वीरेन्द्रनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप, ८ जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । सोमबार गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलान भइरहेको स्थलमा खटिएको छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ।

विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी र यरीचोक तनावग्रस्त बनिरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी आश्रुग्यास समेत हानेको छ । तर, विभिन्न गल्लीबाट आन्दोलनकारीहरू निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *