सात बुँदेलाई हतियार बनाउँदै एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारसँग गरेको लिखित सम्झौतालाई हतियार बनाएर संसद अवरुद्ध गरेको छ । सरकारसँग लिखित धारणा माग गर्दै आजको संसद बैठक अवरुद्ध गरेको हो ।

प्रतिपक्षी एमाले र सरकारबीच गत माघ १८ गते सात बुँदे सहमति भएको थियो । उक्त सहमती अनुसार प्रतिपक्षले सरकारलाई रचनात्मक सुझाव दिँदै संसद सञ्चालनमा सहयोग गर्नुपर्ने भनिएपनि लिखित धारणा नआएको भन्दै संसद अवरुद्ध गरेको हो ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलले सात बुँदेबारे सरकारलाई स्मरण गराए । उनले भने, ‘त्यो सहमति कार्यान्वयनका बारेमा संसद सचिवालयमा केही पनि जानकारी गराइको देखिएन् । कुरा एक व्यवहार अनेक थरिका सुनिएका छन् ।’ साथै उनले १८ गते गरेको सम्झौताअनुसार भएको निर्णय अनुसार स्मरण गराउनुपर्ने आवश्यकता ठानिएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।

सहमतिको सात नम्बर बुँदामा ‘प्रदेश सभामा व्यक्त प्रतिबद्धताको कार्यान्वयनको आवश्यक निर्णय र कार्ययोजना प्रदेश सभालाई जानकारी गराउने उल्लेख छ । उनले भने, ‘त्यो अनुसार सरकारले काम गर्न सक्यो सकेन ? जवाफ खोइ ?’ एमालेले लिखित जवाफ नआएसम्म अवरोध जारी राख्ने बताएको छ । एमालेको अवरोधका कारण सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *