नारायणकाजीलाई एमसीसीको विरोध गरेपछि जनताजति मैतिर आउँछन् लाग्यो होला : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र फरक मत राख्न पाउने अधिकार सबैलाई भएपनि नेता नारायणकाजी श्रेष्ठले समझदारी विपरीत सार्वजनिक रूपमा एमसीसीबारे पार्टीको निर्णय विरुद्ध बोलेको बताएका छन् ।

‘पार्टीको विचारभन्दा फरक मत राख्न पाइन्छ मैले नारायणकाजीजीलाई पनि त्यही कुरा भनेको थिएँ’, प्रचण्डले भने, ‘तर त्यसलाई पार्टीभित्रै व्यवस्थित रूपमा राख्ने भन्ने भएको थियो तर नारायणकाजी जीलाई यसको विरोध गरेपछि जनताजति पार्टीका कार्यकर्ताजति सबै मैतिर आउँछन् भन्ने लाग्यो होला त्यसमा मेरो के लाग्यो र ?’

उनले विरोध मात्र गर्दा जनता त्यसको पछि लागिनहाल्ने बताए । यसअघि महाकाली सन्धिको विरोधमा वामदेव गौतमले पार्टीका आधाभन्दा बढी केन्द्रीय नेता लिएर गएपनि चुनावमा जीत हात नपारेको भन्दै विरोधले मात्र जनता त्यसको पछि नलाग्ने उनले बताए । ‘विरोध मात्र गर्दा त नेमकिपा लगायत दलतिर त ह्वाररररर…. जनता जानुपर्ने हो नि त्यस्तो त हुँदैन’, प्रचण्डले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =