एमसीसीबारे पार्टीकाे धारणा सार्वजनिक गर्दै ओली

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलगायतका विषयमा पार्टीकाे धारणा सार्वजनिक गर्ने भएका छन् । आइतबार बसेकाे संसद् बैठकले एमसीसी अनुमाेदन गरेपछि ओलीले पार्टीकाे धारणा सार्वजनिक गर्न लागेका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीकाअनुसार ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।

एमसीसी संसद्‌बाट अनुमाेदन भएकाे बेला एमाले सांसदहरूले भने साउन २३ यताकाे आफ्नाे नाराबाजीलाई कायमै राखेका थिए । यसपछि एमालेलाई आफ्नाे आधिकारिक धारणा छुट्टै रूपमा सार्वजनिक गर्नपरेकाे हाे । ‘विषयहरूबारे जनतालाई सुस्पष्ट पार्नका लागि एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्न लागेकाे हाे,’ सचिव अधिकारीले मकालुखबरसँग भनेका छन्, ‘वक्तव्यमार्फत धारणा आउँदै छ । सम्भव रहेसम्म याे आजै आउनेछ ।’

उता सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ३ बजे पत्रकार सम्मेलन गर्दैछन् । एमसीसीकाे पक्षमा उभिएकाे भन्दै आफ्नाे पार्टी र आफ्नाे आलाेचना बढेपछि प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =