रुसलाई सन्देश- ‘येस टू पीस, नाे टू वार’ (तस्बिरहरू)
२०७८ फागुन १६ गते

काठमाडाैँ । मानवअधिकार तथा शान्ति समाज, काठमाडाैँ शाखाले सोमबार बिहान रसियाले युक्रेनमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रदर्शन गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा उनीहरूले प्रदर्शन गरेका हुन् ।
रसियालाई तत्काल युद्ध रोक्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । ‘सेभ पिपल फ्रम वार’, ‘एस टु पिस नो टु वार’लगायतका नारा लेखिएकाे पर्चा तथा प्लेकार्ड बोकेर मैनबत्ती बालेका उनीहरूले मृतात्माकाे चिर शान्तिको कामनासमेत गरेका छन् ।
प्रदर्शनमा मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्वअध्यक्ष उत्तम पुडासैनी, काठमाडाैँ शाखामा कार्यबाहक अध्यक्ष भगवान् पुडासैनीसहित स्थानीय जनप्रतिनिधि र विधार्थीहरूकाे सहभागिता थियाे ।

२०७८ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित








