तोलामा १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य तोलामै १ हजार ५ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ६ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =