‘मार्की खेलाडी’मा अन्जन विष्ट अनुबन्धित

झापा । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम झापा एफसीले मार्की खेलाडीमा अन्जन विष्टलाई अनुबन्ध गरेको छ ।

झापाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय टिमका सदस्य अन्जनलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको हो । मिडफिल्डर अन्जन र झापाका महासचिव सुजन गौतमले सझौता पत्रमा हस्ताक्षर गरे । झापाले अन्जनलाई मार्की खेलाडीमध्ये अहिलेसम्मकै सर्वाधिक रकममा अनुबन्ध गरिएको जनाएको छ ।

सम्झौतापछि बोल्दै अन्जनले क्लबको सोचबाट प्रभावित भएर आफूले झापा रोजेको बताए । क्लबका महासचिव गौतमले नेपाली फुटबलका उत्कृष्ट खेलाडी रहेकाले अन्जनलाई अनुबन्ध गरिएको बताए ।

झापा एनएसएलको नयाँ टोलीको हो । झापाले दोस्रो संस्करणको एनएसएल खेल्नेछ । पहिलो संस्करणमा अन्जनले ललितपुर सिटी एफसीको कप्तानी गरेका थिए ।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ । दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौँमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि काठमाडौँ रेजर्सले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *