एमसीसीबारे फैलाइएको भ्रमको जिम्मेवारी कसले लिने ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमसीसीलाई नक्कली राष्ट्रवादको नाममा जनतालाई भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा भाग लिँदै थापाले २०६६ साल यताका १२ बर्षमा सरकारमा रहेका सबैले यसको जिम्मेवारी लिनुपर्ने भन्दै कसैले पेट दुखेको थियो भनेर वा मन्त्रीपरिषदमा उपस्थित भएको थिइन भनेर धर नपाउने बताए ।

उनले कटाक्ष गर्दै भने, ‘सरकारमा भएर पनि म त्यो बैठकमा थिइन मेरो पेट दुखेको थियो वा मैले भाङ खाएको थिएँ भन्न मिल्छ ? म प्रचण्डको सरकारको मन्त्री थिएँ म त्यसको जिम्मेवारी लिन्छु ।’ उनले भीम रावल उपप्रधानमन्त्री रहेको मन्त्री परिषदले एमसीसीको १ अर्ब १३ करोड रुपैयाँ सहयोग लिने निर्णय गरेको स्मरण गराएँदै त्यसको जवाफदेहिताका लागि आग्रह गरे । उनले पटक पटक गोप्य सम्झौता भएको भन्दै अतिरञ्जीत गरिएकोमा आपत्ति जनाउँदै थापाले यसअघि बनमन्त्री उर्जामन्त्री लगायतका विभागीय मन्त्रीले कुनै गोप्य र राष्ट्रघाती सम्झौता गरेको हो भन्ने प्रश्न गरे ।

त्यस्तै, उनले आफू सांसद भएको नाताले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग होइन भनेको र आजको व्याख्यात्मक टिप्पणीमा पनि त्यो उल्लेख गरिएको भन्दै यदि भविष्यमा यस्तो भए त्यसलाई तत्क्षण हटाउन सकिने क्षमता नेपालको संसदले राख्ने बताए । उनले आफू त्यसका लागि तयार रहेको भन्दै भ्रम फैलाइएको जस्तो नभए त्यसको जिम्मेवारी लिन अहिले भ्रम फैलाइरहेकाहरू तयार रहनुपर्ने चुनौती पनि व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =