एमसीसीबारे कुनै भ्रम पाल्न आवश्यक छैन : अर्थमन्त्री
२०७८ फागुन १५ गते

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी लागू हुँदा नेपालकाे राष्ट्रिय स्वाभिमान र स्वाधीनतामा कुनै आँच नआउने दाबी गरेकाे छन् । एमसीसी अनुमाेदन गर्न आइतबार साँझ बसेकाे संसद् बैठकमा सांसदहरूले उठाएकाे सवालहरूकाे जवाफ दिने क्रममा मन्त्री शर्माले भनेका छन्, ‘नेपाल सरकारले एमसीसी एउटा विकास सहायता मात्रै हाे भनिसकेकाे छ । यसबारे कुनै भ्रम नराख्दा हुन्छ ।’
सरकारले एमसीसी सिर्फ एउटा आर्थिक सहयाेगकाे रूपमा ग्रहण गरेकाे अर्थमन्त्री शर्माले बताए ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








