भीम रावलप्रति मीन विश्वकर्माको टिप्पणी- एमसीसीमा उहाँको विरोध काउ माने ‘गधा’ भनेजस्तै भाे
२०७८ फागुन १५ गते

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले एमसीसीको विरोधमा फैलाइएको गलत भनाइका कारण मानिसलाई भ्रम भइरहेको बताएका छन् । एमसीसीको व्याख्यात्मक घोषणाबारेको छलफलमा भाग लिँदै नेता विश्वकर्माले आफ्नो स्वार्थका लागि भ्रम फैलाइएको र त्यसका लागि गलत कुरा मानिसलाई बताइएको आरोप लगाए ।
उनले एमसीसीको चर्को विरोध गर्दै एमसीसीको पक्षमा हुनेहरु राष्ट्रघाती र दलाल भएको संज्ञा दिएका एमाले नेता भीम रावललाई संकेत गर्दै विश्वकर्माले भने ‘उहाँहरूले गरिरहेको विरोध भनेको सीओडब्ल्यु काउ, काउ माने गधा भनेजस्तै हो ।’ उनले थपे— ‘काउ माने गधा भनेर पढाउने विद्यालयमा कसैले आफ्ना बच्चा पढाउन लैजाँदैन ।’
राज्यले ऋणको साटो अनुदान सहयोग लिनुपर्ने पनि उनले बताए ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








