याे व्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा हाे : रावल
२०७८ फागुन १५ गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमाले सांसद भीमबहादुर रावलले व्याख्यात्मक घाेषणालाई भ्रमात्मक घाेषणाकाे संज्ञा दिएका छन् । आइतबार बसेकाे संसद्काे दाेस्राे बैठकमा एमसीसीमाथि भएकाे छलफलमा भाग लिँदै रावलले यस्ताे बताएका हुन् । ‘याे व्याख्यात्मक हाेइन, भ्रमात्मक घाेषणा हाे,’ रावलले भनेका छन्, ‘नेपाली जनतालाई ठग्ने घाेषणा हाे याे ।’
यस्तै रावलले प्रधान मन्त्री शेरबहादुर देउवासँगै उनका विज्ञ सल्लाहकारहरूलाई खुला चुनाैती दिँदै भनेका छन्, ‘म चुनाैती दिन चाहन्छु, आउनुस् म खुला बहस गर्न तयार छु । आज जसरी रातमा राष्ट्रघाती एमसीसी पारित गराउने खेल हुँदैछ, यसले पछि परिणाम दिने नै छ ।’
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








