विश्वकप लिग टू : २० खेलाडीलाई बोलाइयो बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

बन्द प्रशिक्षणका लागि सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादब, सागर ढकाल, गुल्सन झा, करन केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सर्राफ, सुसन भारी, राजु रिजाल र अनिलकुमार साहलाई बोलाइएको क्यानले जनाएको छ ।

टी ट्वेन्टी विश्वकप छनोट खेलेका अविनाश बोहरा, कुशल मल्ल, जितेन्द्र मुखियालगायत खेलाडी भने परेका छैनन् भने करण, सोमपाल, विक्रम, पवन, भीम, राजु अनिल अटाएका छन् ।

नेपालले त्रिकोणात्मक शृंखलामा यूएई र पपुआ न्युगिनीसँग खेल्दैछ ।

प्रतियोगितामा नेपाल सहभागी ७ टिममध्ये छैटौँ स्थानमा छ । ओमान शिर्ष स्थानमा छ ।

प्रतियोगितामा एउटा टिमले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नेछ । शीर्ष तीन टोली एकदिवसीय विश्वकपको विश्व छनोटमा पुग्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *