एमालेले ‘एमसीसीमा मतदान नगर्ने

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेले एमसीसीमा मतदान नगर्ने भएकाे छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मकालुखबरसँग भने— ‘एमाले एमसीसीकाे पक्षमा वा विपक्षमा मतदान गर्दैन । एमाले त्याे प्रक्रियमा प्रवेश नै गर्दैन, सरकारले एमालेकाे त्याे बाटाे खुला नै गरेकाे छैन ।’

एमालेले यसअघि पनि मतदानमा भाग नलिने बताउँदै आएकाे थियाे । तर, प्रधान मन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँगकाे वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेले एमसीसी फेल हुन दिँदैन’ भनेका थिए । त्यसाे त कतिपयले एमालेले अन्तिममा गएर एमसीसीकाे पक्षमै मतदान गर्ने विश्लेषण गरिरहेका छन् । तर, सचेतक भट्टराईले एमाले मतदान प्रक्रियमै प्रवेश नगर्ने बताउँछन् । ‘एमालेले कुनै पनि हिसाबबाट मतदान प्रक्रियामै जाँदैन,’ सचेतक भट्टराईले भनेका छन् ।

साँझ साढे ६ बजे शुरू भएकाे आइतबारकाे दाेस्राे बैठकले एमसीसी ‘व्याख्यात्मक घाेषणा’ सहित अनुमाेदन गर्दैछ । माओवादी केन्द्र र एकीकृत समाजवादीकाे विशेष आह्वानमा सरकार व्याख्यात्मक घाेषणासहित अनुमाेदन गर्न राजी भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =