प्रचण्ड-नेपालप्रति बाबुरामकाे कटाक्ष- साथीहरूले लाज छाेपेर जनतामा जाने आँट गर्दैछन्

काठमाडाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् सांसद डा. बाबुराम भट्टराईले एमसीसीबारे शुरूमा नै बढी अतिरञ्जित गरिएकाे बताएका छन् । आइतबार बसेकाे संसद् बैठकमा एमसीसीबारे भइरहेकाे छलफलमा भाग लिँदै भट्टराईले यस्ताे बताएका हुन् । मुख्यगरी यस काममा माओवादी केन्द्र, एकीकृत समाजवादीसम्बद्ध नेताहरू सक्रिय भएकाे भट्टराईकाे भनाइ छ । तर, अहिले माओवादी र एकीकृत समाजवादी अन्तिममै भएपनि सुध्रिएकाे उनले बताए । यी दुई दलप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘साथीहरूले शुरूमै बढी भने, बढी नै अतिरञ्जित गरे र जनतामा त्यहीखाले धारणा पुर्याए । तर, आज जसरी भएपनि लाज छाेपेर भएपनि जनतामा जाने बाटाे तयार गर्दैछन् भन्ने सुन्दा मलाई खुसी नै लागेकाे छ ।’
यसअघि माओवादी र एकीकृत समाजवादीले ‘व्याख्यात्मक घाेषणा’ गरेर एमसीसी अनुमाेदन गर्ने निर्णय गरेका छन् । यसतर्फ इङ्गित गर्दै भट्टराईले यस्ताे बताएका हुन् ।








