एमसीसी पूर्ण रूपमा खारेज गर्नुपर्छ : पाैडेल
२०७८ फागुन १५ गते

काठमाडाैँ । राष्ट्रिय जनमाेर्चाकी सांसद दुर्गा पाैडेलले एमसीसी नेपालकाे कानूनभन्दा माथि भएकाे उल्लेख गर्दै यसलाई स्वीकार्न नहुने बताएकी छन् । आइतबार बसेकाे संसद् बैठकमा भाग लिँदै पाैडेलले यस्ताे बताएकी हुन् । ‘एमसीसी नेपालकाे कानूनभन्दा माथि छ,’ पाैडेलले भनिन्, ‘त्यसैले पनि यसलाई स्वीकार्न हुँदैन ।’
यस्तै उनले पूर्ण रूपमा खारेज गर्नुपर्छ । ‘मैले सबै सांसदहरूलाई याे एमसीसी संसद्मार्फत नै खारेज गर्न आग्रह गर्दछु,’ उनले भनेकी छन् ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








