‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमाेदन गर्ने एकीकृत समाजवादीकाे निर्णय
२०७८ फागुन १५ गते

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय लिएकाे छ । आइतबार दिउँसाे बानेश्वरकाे एक पार्टी प्यालेसमा बसेकाे पार्टीकाे स्थायी समिति बैठकले एमसीसी अनुमाेदन गर्ने निर्णय गरेको हो । पार्टीका प्रवक्ता गजन्नाथ खतिवडाकाअनुसार पार्टीले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने निर्णय गरेकाे हाे ।
यसअघि माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित नै एमसीसी पारित गर्ने निर्णय गरेको थियाे । आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे छलफल हुँदैछ । यसपछि आजै दाेस्राे चरणमा बस्ने बैठकले एमसीसी अनुमाेदन गर्ने छ ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








