एमसीसीबारे निर्णय लिन जसपा बैठक शुरू

काठमाडाैँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक शुरू भएकाे छ । ललितपुरमा शुक्रबार शुरू भएकाे बैठकमा विभिन्न १२ वटा एजेन्डाहरूमाथि छलफल भइरहेकाे छ ।

आजकाे बैठकले भने एमसीसीबारे निर्णय लिने नेताहरूले बताएका छन् । एक नेताले भने, ‘आज एमसीसीबारे निष्कर्षमा पुग्छाैँ । उपेन्द्र यादवजी गठबन्धनकाे बैठक सकेर आउनुभयाे र बैठक शुरू भएकाे छ । याे बैठकले एमसीसीबारे निर्णय लिन्छ ।’

गठबन्धन विभाजनउन्मुख हुँदासमेत जसपाले एमसीसीबारे साझा धारणा बनाएकाे छैन । यता माओवादी केन्द्र र एकीकृत समाजवादीले भने व्याख्यात्मक विश्लेषणसहित एमसीसी अनुमाेदन गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =