काेराेनापछि श्रमजीवी पत्रकारको अवस्था थप दयनीय

काठमाडाैँ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको जनाएको छ ।

समितिले श्रमजीवी पत्रकारको अवस्था, चूनौती र भावी रणनीतिक विषय अन्तक्रियामा समितिका अध्यक्ष राजेन्द्र अर्यालले ऐन र नियमावालीले व्यवस्था गरेका सुविधा दिन सञ्चार प्रतिष्ठान गम्भीर नभएको र कोभिड–१९ पछिको अवस्थामा श्रमजीवी पत्रकारको समग्र अवस्था थप दयनीय बनेको बताए ।

उनले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोकनका लागि कार्यदलले काम गरिरहेको र चाँडै नेपाल सरकारलाई सिफारिस गर्ने जनाए । उनले श्रमजीवीको समस्याका बारेमा सम्बन्धीत निकायलाई जानकारी गराउने पनि बताए ।

समितिको ‘श्रमजीवी पत्रकार–मिडिया अध्ययन प्रतिवेदन, २०७८’ ले अझै पनि ३८ प्रतिशत सञ्चारकर्मीले विनानियुक्तिपत्र काम गरिरहेको देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *