पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । अभिनेता पल शाह प्रहरीसमक्ष उपस्थित भएका छन् । बलात्कारको उजुरी परेपछि केही दिनदेखि सम्पर्कविहीन भएका उनी आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन् । शाह कार्यालयमा आएको जिल्ला प्रहरी तनहुँले पुष्टि गरेको छ।

यसअघि शाहले फेसबुकबाट आफु आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । एकजना नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

उनलाई उनकै साथीहरूले लगेर प्रहरीकोमा छाडेकाे बताइएको छ । पलले प्रहरीमा आउन ढिलो भएकोमा माफी मागेका छन् । ‘घर व्यवहार मिलाउनु पर्ने थियो । स्वास्थ्य अवस्था पनि कमजोर थियो । त्यसैले ढिलो भयो’, उनले भने, ‘प्रहरीमा पुगेपछि गाह्रो हुन्छ । किनकी घरको अभिभावक नै मै हुँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *