एलन मस्कले युक्रेनमा दिए स्याटलाइटबाट इन्टरनेट

काठमाडौँ । स्पेसएक्सका संस्थापक तथा अमेरिकी अर्बपति एलन मस्कले युद्धग्रस्त युक्रेनमा स्याटलाइटबाट इन्टरनेट उपलब्ध गराइएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा स्पेसएक्सले युक्रेनमा स्याटलाइट बोर्डब्याण्डबाट इन्टरनेट सेवा उपलब्ध गराइएको बताएका हुन् । मस्कले युक्रेन सरकारका एक उच्चअधकिारीको ट्विटमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।

त्यस्तै, युक्रेनमा थप टर्मिनल पठाउन लागिएको पनि उनले उल्लेख गरेका छन् ।

मस्कले टिवट गर्दै भनेका छन्, ‘स्टालिंकको सेवा युक्रेनमा उपलब्ध छ । हामी थप टर्मिनलहरू पनि पठाउँदै छौँ ।’

युद्धग्रस्त युक्रेनमा इन्टरनेट सेवा अवरुद्ध छ । विशेषतः युक्रेनका दक्षिणी र पूर्वी भू–भागको इन्टरनेट सेवा अवरुद्ध भएको समाचार संस्था सीटिभी न्यूजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *