एमसीसी संसदबाट पारित गर्ने सत्तारुढ ५ दलको निर्णय
२०७८ फागुन १५ गते

काठमाडौँ । सत्तारुढ गठबन्धनले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताको बैठकले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
यसअघि सत्तारुढ दल माओवादी केन्द्रको बैठकले पनि एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
२०७८ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








