एमसीसीकै पक्षमा ढल्किँदै प्रचण्ड-नेपाल

काठमाडौँ । माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न तयार बनेका छन्। सत्ता साझेदार दुवै दल यसअघि एमसीसीसम्बन्धी सरकारी प्रस्तावकै विरोधमा उभिएका थिए। उनीहरूले विपक्षमा मतदान गर्ने भनेका थिए।

दुवै दलका शीर्ष नेताले प्रतिनिधिसभाको आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने आश्वासन दिएको बालुवाटार स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भनेका छन्।

त्यसलगत्तै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूसँग छलफल थालेका छन्। प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ।

एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्ताव उनीहरूले गरेका हुन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =