विजय प्राप्त गर्न शक्ति सञ्चय आवश्यक : बादल 

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कुनै पनि आन्दोलनमा विजयी प्राप्त गर्नका लागि शक्ति सञ्चय गर्न आवश्यक रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यो आन्दोलनमा हामीले कसरी विजयी हुने भन्ने हाम्रो लक्ष्य हो ,’उनले भने,‘ त्यही अनुसार सातै वटा प्रदेशको अभियानमा हिँडिरहेका हौँ।’ यसअघि राष्ट्रिय सभा चुनावमा हार व्यहोरेका उनले नेता, कार्यकर्तालाई कुनै पनि आन्दोलनबाट विजयी प्राप्त गर्नका लागि तयारी नगरी विजयी प्राप्त गर्न नसकिने तर्क व्यक्त गरेका थिए ।

साथै उनले स्थानीय तहको निर्वाचनमा कर्णालीका नेता तथा कार्यकर्तालाई तीन वटा तरिकाबाट तयारी थाल्न निर्देशन दिए । उनले भने,‘ चुनावमा संगठनात्मक तयारी आवश्यक र  प्राविधिक तयारी गर्नुपर्छ ।’ साथै उनले नेपालको राजनीति दुई वटा धुव्रीकरणमा विभाजित हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *