जसपाले आजको बैठकमा एमसीसीबारे निष्कर्ष निकाल्ने

काठमाडौँ । सत्तासाझेदार जसपाले एमसिसी अनुमोदन र गठबन्धनको निरन्तरताको विषयमा शनिबारसम्म साझा धारणा बनाउने भएको छ । जसपाको शुक्रबारबाट शुरु केन्द्रीय कार्यकारिणी बैठकले एमसिसीबारे पार्टीको आधिकारिक धारणा तय गर्नेछ ।

एमसिसीबारे अन्य सत्तारुढ दलहरूले आफ्नो धारणा प्रस्ट पारे पनि जसपाले आधिकारिक धारणा बनाइसकेको छैन । एमसिसीमा जसपाभित्र विवाद छ । जसपामा अध्यक्ष उपेन्द्र यादव परिमार्जनसहित र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई यथास्थितिमै एमसिसी अनुमोदनको पक्षमा छन् ।

आजको बैठकमा एमसिसीको विषयमा कार्यकारिणी सदस्यले आफ्नो धारणा राख्ने र पार्टीले आधिकारिक धारणा बनाउने बताइएकाे छ । शनिबार एमसिसीको विषयमा जानकार नेताहरूबाट बैठकमा ब्रिफिङसमेत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =