साताका सात तस्बिर

फागुन दोस्रो साता मकालुखबरमा प्रकाशित तस्बिरहरूमध्ये छानिएका सात तस्बिर :-
आफ्नै धुन
नयाँ बानेश्वरको संघीय संसद् भवन अघिको सडक पेटीमा बिक्रीका लागी अम्रिसोको कुचो मिलाउँदै एक व्यापारी
गन्तव्य तर्फ
बानेश्वरमा अहिले दिनहुँजसो एमसीसी विरुद्ध प्रदर्शन हुने गरेको छ ।प्रदर्शन कहिले सामान्य हुन्छन् त कहिले हिंसात्मक। फागुन ८ गते भएको प्रदर्शन पछी साँझपख खुलेको सडकमा एक साइकल यात्री ।
मानवता
नयाँ बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शन सुरु हुनुअघि एक ज्येष्ठ नागरिकलाई बाटो काट्न सहयोग गर्दै प्रहरी ।
चेपुवामा प्रेस
फोटो र भिडियोमा काम गर्ने पत्रकार हरेक ठाउँमा सशरीर उपस्थित हुनुपर्ने हुन्छ ।अझ आन्दोलन वा प्रदर्शनमा झन् बढी जोखिम हुन्छ । एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीको बिचमा चेपिएका फोटो पत्रकार ।
सूर्यास्त
सूर्यास्त हुँदै गर्दा देखिएको सिन्दुरे आकाश ।
शिवरात्रिको तयारी
शिवरात्रि नजिकिएसँगै अहिले पाशुपत क्षेत्र सिँगारिँदै छ । पाशुपत क्षेत्रमा रंगरोगन कार्यमा व्यस्त कामदार ।
खुल्ला व्यायामशाला
शहरका खुल्ला स्थानमा स्थानीय सरकारले व्यायामशाला निर्माण गर्दैछ । यस्तै एक खुल्ला व्यायामशालामा साँझपख व्यायाम गर्दै सर्वसाधारण ।








