युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री
२०७८ फागुन १३ गते

मस्काे । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् ।
राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो । ‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,’ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने ।
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








