प्रधान मन्त्री देउवा बालकाेटमा

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकाे निवास बालकाेट पुगेका छन् ।

पोखराबाट काठमाडौँ फर्किएका ओलीलाई भेट्न देउवा बालकोट पुगेका हुन् । प्रधान मन्त्री देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बालकोटमा पुगेका छन् । त्यस्तै एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि छलफलमा सहभागी रहेका छन् ।

सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भेटपछि देउवा ओलीसँग संवादमा जुटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *